१४ बैशाख २०८१, शुक्रबार

५२ वर्षको उमेरमा पिता बने शाहिद कपुरका सौतेनी बुवा राजेश खट्टर


एजेन्सी, बलिउड नायक ईशान खट्टरका पिता राजेश खट्टरको छोराको हालै जन्म भएको छ । राजेश खट्टरले ११ वर्षअघि वन्दना सजनानीसँग विवाह गरेका थिए । उनीहरुले आफ्नो छोराको नाम वनराज कृष्ण राखेका छन् ।

उनका छोराको जन्म तीन महिना अघि भएको थियो तर उनीहरुले यो खबर सार्वजनिक गरेनन् किनभने उनीहरुका छोरा लामो समयसम्म अस्पतालमा थिए ।

उनले आफ्नो छोरा जन्मिएकोमा खुसी व्यक्त गर्दै भनेका छन्, ‘यो निकै राम्रो अनुभव हो तर यो यात्रा हाम्रो लागि सहज रहेन । वन्दनाको गर्भमा जुम्ल्याहा सन्तान हुर्किरहेका छन् भन्दा हामी निकै खुसी भएका थियौं तर तेस्रो महिनामै उनको स्थिती खराब भयो र उनलाई अस्पताल भर्ना गर्नुपर्यो । केही महिनापछि थाहा भयो कि दुईमध्ये एक बच्चाको वृद्धि निकै कम र ढिलो भइरहेको छ, त्यसपछि हामीले उसलाई गुमायौं । तसर्थ अर्को बच्चालाई बचाउनका लागि हामीले तुरुन्त सुत्केरी गराउनुपर्यो । तीन महिना अघि हाम्रो छोराको जन्म भयो ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !