१४ बैशाख २०८१, शुक्रबार

किन लगाए पाकिस्तानमा भारतीय फिल्ममाथि प्रतिबन्ध ?


एजेन्सी, २४ साउन । सूचना तथा प्रसारणका लागि प्रधानमन्त्रीका विशेष सहायक डा. फिरदोस आशिक अवानले विज्ञप्ति जारी गर्दै पाकिस्तानले भारतीय फिल्ममाथि प्रतिवन्ध लगाउने घोषणा गरेको छ ।

जम्मु कश्मीर राज्यलाई विशेष दर्जा दिने भारतको संविधानको धारा ३७० भारत सरकराले सोमबार खारेज गरेपछि पाकिस्तानले भारतसँग राजनीतिक तथा सांस्कृतिक सम्बन्ध कम गर्नको लागि कदम चालिसकेको छ ।

योभन्दा अगाडि पनि पाकिस्तानले भारतीय फिल्ममाथि प्रतिबन्ध लगाएको थियो । सन् २०१९ को फेब्रअरीमा भारतीय सेनाले गरेको हवाई प्रतिबन्ध ‘एयर स्ट्राइक’ पछि पाकिस्तानले भारतीय फिल्म रिलीज गर्न प्रतिबन्ध लगाएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !