२० बैशाख २०८१, बिहिबार

‘ताप्लेजुङको शिरैमा सेतो जुहार’ सार्वजनिक


ताप्लेजुङको शिरैमा सेतो जुहार

ताप्लेजुङ । कञ्चनजङ्घा हिमाल र पाथीभराले सर्वत्र परिचित ताप्लेजुङ, प्राकृतिक मनमोहक दृश्यले सजिएको सुन्दर हिमाली जिल्ला हो । यसै महत्वलाई विश्वभरी चिनाउने हेतु, ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी तथा वरिष्ठ साहित्यकार एवं गीतकार टङ्क भट्टराईद्वारा सिर्जना गरिएका शब्दलाई लोकप्रिय संगीतकार शंकर थापाले संगीत भरेका छन् ।

यो गीतको संगीत संयोजन ई. विश्व अधिकारीले गरेका छन् भने लोकप्रिय गायिका तथा द भ्वाइसका चर्चित ज्युरी मिलन नेवार र ई. वीरेन्द्र श्रेष्ठले स्वर दिएका छन् । यो गीतको अडियोको सम्पादन किशोर थापाले ए वान म्युजिसियनमा गरेका हुन् ।

ताप्लेजुङका दसौं अग्ला अग्ला हिमाल, सिन्जेमा ताल, सोदु पोखरी, तिम्बुङ पोखरी, फुङ्फुगे झरना, दिकि छ्योलिङ गुम्बा, पाथीभरा, गुराँसको राजधानी तिनजुरे मिल्के लगायत जिल्लाका अनेकन प्राकृतिक सम्पदाहरु, आर्थिक समृद्धिका सम्भावनाहरु र यहाँ भित्रको जातिय तथा मौलिक संस्कृतिलाई गीतको शब्द र भिडियोमा अत्यन्तै राम्रोसँग समेटिएको छ ।

गायक ई. वीरेन्द्र श्रेष्ठ पढेको जिल्ला सदरमुकामको भानुजन माद्यामिक बिद्यालयको ७५औ जन्म जयन्तीको अवसरमा आयोजित उद्घाटन सभामा अन्य विविध कार्यक्रम पुण्यप्रसादका कथा संग्रहको विमोचन सांसद योगेश भट्टराईले गरेका थिए । यसैगरी एन डि सर स्मृति ग्रन्थको वितरण विमला सुब्बाले गरेसंगै विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको नृत्य तथा गायनसंगै यो ताप्लेजुङको शिरैमा गीति वृत्तचित्रको विमोचन पूर्व प्र.अ. (तुलाराम गुरुङ, विमला लिम्बू) र पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष डिल्लीजंग मादेन र सर्जक टङ्क भट्टराईले संयुक्त रुपमा गरेका थिए ।

ताप्लेजुङको शिरैमा सेतो जुहार

यो भिडियोको बिमोचनसंगै भानुका प्रधानाध्यापक किशोर कुमार राई र लिटिल बुद्धका प्रधानाध्यापक युवराज गिरीले समिक्षा तथा शुभकामना मन्तव्य राखेका थिए ।

पर्यटन प्रवर्द्धनका हेतु निर्माण गरिएको यो भिडियोमा ताप्लेजुङका प्रतिनिधिसभा सदस्य लिलादेवी बोखिम,पूर्वमन्त्री बलबहादुर साम्सोहाङ, पूर्व जिसस प्रमुख घनेन्द्र मादेन, प्रमुख जिल्ला अधिकारी हिरादेवि पौडेल, नगर उपप्रमुख भिमादेवी ओझा लगायत झण्डै ६ दर्जन प्रवुद्ध वर्गहरु, भक्त पालुङ्वा र उनको केलाङ समूह, लिट्ल वुद्ध स्कुलका ३ दर्जन र भानु स्कुलका १ दर्जन विद्यार्थीको कोरश नृत्य गरेका छन् ।

भिडियोमा स्थानीय कलाकारहरु दिनेश लिङ्खिम, पृती थलङ, पृन्स लिम्बू, दिलिचा खवास, कुमार वनेम, अस्मि मादेन, हिमा बराईली, हिना राई, निशा लिङ्देन र देउमान प्रताप पालुङ्वाले अभिनय गरेका छन् भने कोरियोग्राफी पनि उनै देउमान प्रताप पालुङ्वा र लिटिल वुद्ध स्कुलका टिचर गंगा श्रेष्ठले गरेका छन् ।

पूरा गीति डकुमेन्ट्रीमा कुल २६ मिनेटको भिडियो रहेकोले १० मिनेटको गीति भिडियोमात्र जन्मोत्सवमा देखाइएको र केहि दिनपछि पूरा भिडियो सार्वजनिक गरिने जानकारी हिमाली ग्रामीण विकास समूहका संचालक तथा गीति वृत्तचित्रका सम्योजक हर्कराज गुरुङले जानकारी दिए ।

यो प्रोजेक्टको प्रबर्द्धनात्मक आर्थिक सहयोग, नेपाल पर्यटन बोर्ड लगायत फुङ्लिङ नगरपालिका, ताप्लेजुङ्, सिरिजङ्घा गाउँपालिका, ताप्लेजुङ्, मैवाखोला गाउँपालिका, ताप्लेजुङ, सिदिङ्वा गाउँपालिका, आठराई त्रिवेनी गाउँपालिका, ताप्लेजुङ, पाथीभरा याङ्वरक गाउँपालिका, सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेड, मेवा डेभेलपर्स लिमिटेड, युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेड, रमेश न्यौपाने, अध्यक्ष अरुण कावेली हाइड्रोपावर लिमिटेड, मेघनाथ ढुंगाना, स्नोरिभर प्रालि. ग्लोबल आइएमई बैंक परिवार, ताप्लेजुङ्, दुर्गादेवी श्रेष्ठ, ताप्लेजुङ , हरि प्रसाद थापा, प्रवन्ध संचालक डी प्रोटोन मेनपावर सप्लायर्स, पेम्बा शेर्पा, ताप्लेजुङ्, विष्णु ईवाराम योङ्या ( यु. के.), कल्पना कार्की (सुवेदी), मेनेजर – नेपाल रेक्रुइट्मेन्ट कन्सल्टेन्सी, काठमाडौं, नारायण थापा, अध्यक्ष उद्योग वाणिज्य सङ्घ ताप्लेजुङले गरेका छन् ।

लिटिल बुद्ध आवासीय विद्यालयले आफ्नो विद्यालयको कार्यक्रममा स्वागत नृत्यमा यो गीतको अडियो प्रयोग गरेसंगै ताप्लेजुङका धेरै कार्यक्रममा यो गीतमा स्वागत नृत्य भई रहेको समेत जानकारी हर्कराज गुरुङले दिए ।

यस्तो छ हेर्नुहोस् भिडियो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !