१८ बैशाख २०८१, मंगलबार

दिवंगत कलाकार सानु ताम्राकारको आज अन्त्येष्टि गरिने


सानु ताम्राकार

काठमाडौँ । दिवंगत कलाकार तथा जादुगर सानु ताम्राकारको आज अन्त्येष्टि गरिने भएको छ । ताम्राकारको ७४ वर्षमा उमेरमा उपचारका क्रममा हिजो निधन भएको थियो ।

काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा हिजो दिउँसो ३ः२० बजे ताम्राकारको निधन भएको नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।

उनको आज आइतबार बिहान पशुपतिस्थित आर्यघाटमा श्रद्धाञ्जलि दिएर अन्त्येष्टि गरिने भएको । ‘मेरी मामु’, ‘भुइँ मान्छे’, ‘ग्याम्ब्लर’, ‘पल’लगायतका चलचित्रमा अभिनय गरेका कलाकार ताम्राकारकी श्रीमती रुकमणि ताम्राकार छन् ।

ताम्राकारका छोरा सारुक ताम्राकारले गत असार २१ मा आत्महत्या गरेका थिए । छोराले आत्महत्या गरेयता उनी अस्वस्थ थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !