१४ बैशाख २०८१, शुक्रबार

कमेडियन अपूर्व क्षितिजलाई धरौटीमा छाड्न अदालतको आदेश


अपूर्व क्षितिज सिंह

काठमाडौं । स्ट्यान्ड अप कमेडियन अपूर्व क्षितिज सिंहलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । आज बिहीबार काठमाडौं जिल्ला अदालतले कमेडियन अपूर्वलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

काठमाडौं जिल्ला अदालतले आज उनलाई २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अदालतको आदेशपछि धरौटी बुझाएर कमेडियन अपूर्व छुट्ने भएका हुन् ।

आज बिहीबार न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले थुनछेक बहसपछि सो आदेश दिएको हो । जातीय टिप्पणी गरेको आरोपमा कमेडियन सिंहलाई प्रहरीले पुन: पक्राउ गरेको थियो । कमेडियन अपूर्वलाई असोज ३१ गते सोमबार प्रहरीले पुन: पक्राउ गरेको थियो ।

यसअघि नेवा समुदायको आस्थामाथि चोट पुर्‍याउने गरी व्यंग्य गरेको भन्दै कमेडियन सिंहविरूद्ध प्रहरीमा जाहेरी परेपछि उनलाई पक्राउ गरिएको थियो । सिंहले हाँस्यव्यंग्य गर्दा नेपाल भाषा, खाना तथा महिलाहरूमाथि व्यंग्य गरेको भन्दै जाहेरी परेको थियो ।

सिंहको स्ट्यान्डअपको भिडिओ कमेडी क्याफेको युट्युब च्यानलमार्फत् ‘नेवारको परम्परा’ शीर्षकमा अपलोड गरिएको थियो । तर पछि सिंहले उक्त भिडिओ युट्यूवबाट हटाइसकेर क्षमायाचना पनि गरेका थिए ।

कमेडियन सिंहलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएपछि तारेखमा रिहा गरिएको थियो । यसअघि अपूर्वलाई प्रहरीले भदौ १२ गते पक्राउ गरेर थुनामा राखेको थियो । तर कोरोना संक्रमण भएपछि उनलाई भदौ २३ गते रिहा गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !