२३ बैशाख २०८१, आइतबार

बहुप्रतिक्षित चलचित्र ‘लक्का जवान’ को ट्रेलर सार्वजनिक


लक्का जवान

काठमाडौँ । बहुप्रतिक्षित नेपाली चलचित्र ‘लक्का जवान’ को ट्रेलर सार्वजनिक गरिएको छ । उक्त फिल्मको ट्रेलर आज मंगलबार राजधानीमा एक कार्यक्रम गरेर सार्वजनिक गरिएको हो ।

हास्य कलाकार शिवहरि पौडेलको निर्देशन रहेको उक्त फिल्मको वैशाख २३ गते प्रदर्शन मिति तोकिएको छ । फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक पौडेल स्वयंको हो ।

अन्सुया श्रेष्ठ निर्माता रहेको फिल्मको कार्यकारी निर्माता किरण केसी, शिवहरि पौडेल र दिलिप रायमाझी हुन् । फिल्मका गीतहरुमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।

आज मंगलवार सार्वजनिक गरिएको ट्रेलरमा कमेडीलाई विशेष प्राथमिकता दिइएको छ । ट्रेलर हेर्दा दुई पुस्ताको कथा फिल्मले उठाएको अनुमान लगाउन सकिन्छ । ट्रेलरमा कमेडी र सेन्टिमेन्ट दुबै दृश्यले प्रथामिकता पाएको छ ।

मदनकृष्ण श्रेष्ठ, किरण केसी, सरोज खनाल, सुशील पोखरेल, शिवहरि पौडेल, दिलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, सुरेन्द्र केसी, जयनन्द लामा, अन्सुया श्रेष्ठ, अन्जु महर्जन, नरेन्द्र कंसाकार, देशभक्त खनाल लगायतको अभिनय रहेको छ ।

यस्तो छ हेर्नुहोस् चलचित्र ‘लक्का जवान’ को सार्वजनिक गरिएको ट्रेलर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !