२० बैशाख २०८१, बिहिबार

प्रकाश सपुत भन्छन्- समाजको भावनालाई लिएर ‘पिर’बाट दृश्य हटाइएको हो


प्रकाश सपुत

काठमाडौं । गायक प्रकाश सपुतले गीत ‘पिर’बाट दृश्य समाजको भावना बुझेर हटाएको बताएका छन् । सपुतले उक्त दृश्यले समाजमा र त्यस्तै पेसामा आधारित मानिसहरूलाई झनै पिर परेको भन्दै गीतबाट केही दृश्य हटाउनुपरेको बताए ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सपुतले यस्तो बताएका हुन् । पिर गीतमा रहेको देहव्यापारसम्बन्धी दृश्य कसैको दबाबमा नभई समाजको भावनालाई लिएर हटाएको बताएका हुन् ।

जनयुद्ध लडेर समाज विकास नभएकाले निराश बनेका योद्धाहरू उक्त दृश्यबाट झनै चिन्तित बनेको भन्दै गीतमा भएको केही दृश्य हटाएर पुनः सार्वजनिक गरेको सपुतले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !