१४ बैशाख २०८१, शुक्रबार

हेलिकप्टरमा खुम्बु पुगेर इन्दिरा जोशीले गरिन् ‘फिल्मी शैली’मा इन्गेजमेन्ट


इन्दिरा जोशी इन्गेजमेन्ट

काठमाडौँ । ‘नेपालकी शकिरा’ नामले चिनिने गायिका इन्दिरा जोशीले हेलिकप्टरमा खुम्बु पुगेर ‘फिल्मी शैली’मा इन्गेजमेन्ट गरेकी छन् । नेपाल आइडलकी निर्णायकसमेत बनिसकेकी गायिका जोशी र फेसन डिजाइनर शरद केडियाबीच ‘इन्गेजमेन्ट’ भएको हो ।

क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा ​शरदले इन्दिराको हातमा औ‌ठी लगाउँदै गरेको भिडिओ सार्वजनिक भएको हो । सार्वजनिक भएको उक्त भिडिओमा कुनै फिल्मको दृश्यजस्तै लाग्ने गरी शरदले इन्दिरालाई औठी लगाउँदै गरेको प्रष्ट रुपमा देख्न सकिन्छ । क्याप्टेन थापाले टिकटकमा भिडिओ राख्दै इन्दिरा र शरदलाई नयाँ उज्वल भविष्यको कामना समेत दिएका छन् ।

इन्दिरा जोशीको 'फिल्मी शैली'मा इन्गेजमेन्ट
इन्दिरा जोशीको ‘फिल्मी शैली’मा इन्गेजमेन्ट

केही समयअघि उनले फेसबुकमा लेखेकी छन्, उसले सोध्यो, ‘के तिमी मसंग बिहे गर्छौ ? र मैले हुन्छ भने ! म तिमीलाई माया गर्छु शरद केडिया ! मलाई तिम्रो मायासंग हरेक दिन नुहाउनको लागि अवसर दिएकोमा धन्यवाद ! शरद केडिया ! मेरो स्टार ।’

केही समयअघि जोशीले फेसबुकमा गरेको पोष्ट
केही समयअघि जोशीले फेसबुकमा गरेको पोष्ट

गत वर्षको फागुन महिनाको पहिलो हप्ता जोशीले आफ्नो सामाजिक सञ्जालको पृष्ठमा एउटा पुरुष र महिलाले हात समातेको फोटो पोष्ट गरेकी थिइन् ।उक्त फोटोमा अनुहार देखाईएको थिएन तर महिलाको औंलामा ‌औंठी लगाएको प्रष्ट देखिएको थियो । उनले फोटोमुनि लेखेकी थिइन्, ‘उसले भन्यो म तिम्रो तारा हुँ तथा तिमी मेरी चन्द्रमा हौ ।’

उनले त्यो ‌औंठी प्रतिबद्धताको भएको उल्लेख गरेकी थिइन् । उनले २ वर्षदेखिको साथ आगामी कयौं वर्ष अन्तिम सास रहेसम्म ‌रहिरहने कुरा उल्लेख गरेकी थिइन् । जोशीले थप लेखेकी थिइन्, ‘२ वर्षको साथ र आउँदो जीवनका समयको निरन्तरता… अन्तिम श्वाससम्म हामी सँगै हुनेछौं।’

गत वर्षको जोशीले फेसबुकमा गरेको पोष्ट
गत वर्षको जोशीले फेसबुकमा गरेको पोष्ट

त्यतिबेला गायिका जोशीले फेसबुकमा आफू दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलाए पनि प्रेमीको अनुहार सार्वजनिक नगरेपछि उनका फ्यान र शुभचिन्तकहरुको खुल्दुली बढाएको थियो । अहिले भने उनको इन्गेजमेन्टको भिडियो सार्वजनिक भएसंगै सो खुल्दुलीको सकिएको छ ।

नेपालमा अत्यधिक रुपमा चलेको अलग धारको चलचित्र लुटमा ‘उत्रेको चोली’ बोलको आईटम गीत गाउने अवसर पाएकी इन्दिराले कयौं लोकप्रिय गीत गाएकी छिन । ‘चौबन्दी चोली अनि रातो घांगर’, चिया कफी, मोटरसाइकलमा, बेहुली लगायत अनगिन्ती चर्चित गीतहरु उनले गएकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !