१३ जेष्ठ २०८१, आइतबार

अभिनेता सरोज खनाल र कलाकार दीपाश्री निरौलाको फेसबुक एकाउन्ट ह्याक


सरोज खनाल र दीपाश्री निरौला

काठमाडौँ । चलचित्र निर्देशक तथा कलाकार दीपाश्री निरौला र अभिनेता सरोज खनालको फेसबुक एकाउन्ट ह्याक भएको छ । ह्याकरले कलाकारसँग मेसेज गर्दै पैसा समेत मागेका छन् ।

अभिनेता खनालको फेसबुक ह्याक गर्दै उनको एकाउन्टबाट ह्याकरले मेसेज गर्दै पैसा माग्न थालेको बुझिएको छ । बेलायतस्थित नेपाली समाजसेवी इशा गुरुङले सरोजको एकाउन्टबाट मेसेज गरेर आफूसँग पैसा मागिएको जानकारी दिएकी छन् ।

ह्याकरले निरौलाको फेसबुक एकाउन्टबाट उनका ‘छक्का पञ्जा’ सह-निर्माता सुमन गिरी भाञ्जालाई भरतपुरबाट किशार शाह नाम गरेका व्यक्तिले मेसेज गर्दै १ लाख रुपैयाँ पैसा मागेका छन् । ह्याकरले आफ्नो बच्चा बिरामी भएर उपचारका लागि अस्पतालमा रहेको र पैसा जरुरी भएको सन्देश नेपालीमा पठाएको अभिनेता दीपकराज गिरीले जानकारी दिएका छन् ।

निरौलाका अनुसार सरोज खनालको नामको फेसबुकबाट बहिनी कता छौ ? एउटा कुरा गर्नुछ । यो कोड एकचोटी पठाऊ त भनेर म्यासेज आएपछि उनले कोड पठाइदिएको एकछिनपछि हेर्दा त फेसबुक ह्याक भएको बताएकी छन् ।

निरौलाले फेसबुक ह्याक भएकोबारे उजुरी दिन प्रहरी कार्यालयमा थप सरसल्लाह गरेर साइबर ब्युरोमा गएकी छन् । पछिल्लो समय कलाकारहरुको सामाजिक संजाल फेसबुक र इन्स्टाग्राम ह्याक गरेर पैसा माग्न थालेका छन् ।

होशियार ! अपरिचित व्यक्तिले फेसबुकमा फ्रेण्ड रिक्येष्ट पठाएको त्यत्तिकै नहेरी एसेप्ट नगर्नुहोस् । साथै फेसबुक मेसन्जरमा कसैले कोड मागेमा त्यो नदिनुहोस् । फेसबुकमा तपाईको इमेल ठेगाना कसैले नदेख्ने गरी Only Me सेटिंग गर्नुहोस् ।

इमेल तथा फेसबुक, ट्वीटर जस्ता सामाजिक संजालमा सुरक्षाको लागि Two-Factor Authentication Code मोवाइलमा मेसेज आउने बनाउनुहोस् । यसो गरेमा तपाईको एकाउन्ट सुरक्षित हुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !