२३ बैशाख २०८१, आइतबार

दोलखामा मतपत्र हराएपछि मतगणना स्थगित


दोलखा मतगणना

चरिकोट । दोलखामा मतगणना स्थगित गरिएको छ । प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको मतगणना गर्ने क्रममा मतपत्र हराएपछि मतगणना स्थगित गरिएको हो ।

दोलखाको कालिन्चोक गाउँपालिका-१ को कुल खसेको मतमा १४७ मत नभेटेपछि मतगणना स्थगित गर्नु परेको हो । नेकपा एमालेले ती मतपत्रको टुंगो नलगाएसम्म मतगणना सुचारु हुन नसक्ने अडान लिएको छ । यद्यपि अहिले सर्वपक्षीय छलफल जारी रहेको बताइएको छ ।

दोलखामा अहिलेसाम्म गणना भएको मतपरिणाम अनुसार गठबन्धनबाट (माओवादी केन्द्र) उम्मेदवार गंगा कार्कीले ५०३५ मत ल्याएका छन् भने एमालेका बालकृष्ण शिवाकोटीले २९२८ मत प्राप्त गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !