४ बैशाख २०८१, मंगलबार

दोलखामा माओवादी केन्द्रका गंगा कार्की विजयी


गंगा कार्की

चरिकोट । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का गंगा कार्की विजयी भएका छन् । माओवादीका कार्कीले नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीलाई ३१७ मतको झिनो मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

माओवादीका कार्कीले ३६ हजार ९९५ मत ल्याएर निर्वाचित भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शिवाकोटीले ३६ हजार ४८२ मत प्राप्त गरे ।

दोलखा प्रदेशसभा–१ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्ले विजय भएका छन् । उनले २३ हजार तीन सय ३१ मत प्राप्त गरेका छन् भने एमालेका नरबहादुर श्रेष्ठले १५ हजार तीन सय ५६ मत प्राप्त गरेका थिए । प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी निर्वाचित भएका छन् ।

जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए । कूल मत ८५ हजार तीन सय ८८ खसेको थियोे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !