१२ बैशाख २०८१, बुधबार

दोलखामा एमालेका शिवाकोटीको अग्रता कायमै, पछ्याउँदै माओवादीका कार्की


बालकृष्ण शिवाकोटी र गंगा कार्की

चरिकोट । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) ले अग्रता कायमै राखेको छ । हालसम्म ४१ हजार ९१८ मतगणना हुँदा एमालेका बालकृष्ण शिवाकोटीले १८ हजार ६६३ मत प्राप्त गरेका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गंगा कार्कीले १६ हजार ७३७ मत प्राप्त गरेका छन् । सुरुदेखि अग्रता कायम गरेका माओवादी केन्द्रका उम्मेदवार कार्की भन्दा एमालेका शिवाकोटी १९२६ मतले पछि पार्दै अग्रता लिएका हुन् ।

यस्तै प्रदेशसभातर्फ कांग्रेसका उम्मेदवार कुन्दन काफ्लेले अग्रता लिएका छन् । काफ्लेले १८ हजार ७२१ मत ल्याउँदा एमालेका नरबहादुर श्रेष्ठले १२ हजार ४५१ मत पाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !