१५ बैशाख २०८१, शनिबार

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा मतदान


प्रचण्ड मतदान

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन जिल्लाबाट मतदान गरेका छन् । बिहान ७ः१५ बजे भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।

सो अवसरमा उनले सञ्चारकर्मीसंग कुराकानी गर्दै गठबन्धनले निर्वाचनमा विजय प्राप्त गर्ने दावी गरे । मतदान गरेलगत्तै उनी गोरखा गएका छन् । शान्तिपुर मतदान केन्द्रमा एक हजार सात सय सात मतदाता रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !