१४ बैशाख २०८१, शुक्रबार

समता स्कुलले बैशाख बाट कक्षा ३ सुरु गर्ने


उदयपुर, चैत्र १८ । मासिक १ सय रुपैयामा अध्यापन गराउदै आएको समता स्कुल गाईघाटले वैशाख वाट ३ कक्षा शुरु गर्ने भएको छ ।

नर्सरी देखि कक्षा २ सम्म अध्यापन गराउदै आएको समताले वैशाख देखि ३ कक्षा संचलान गर्न लागेको हो । समतामा अहिले ३७२ जना वालवच्चाले अध्यन गरीरहेको प्रधानध्यापक लक्ष्मि राईले जानकारी दिनुभयो । समताले नयाँ वर्षदेखि ३ कक्षाको प्रारम्भ गर्दै विद्यार्थि संख्या पाँच सय पु¥याउने लक्ष्य लिएको छ ।

२०७३ सालदेखि उदयपुर सदरमुकाम गाईघाटमा अध्यापन शुरु गरेको समता स्कुलमा अहिले २ कार्यालय सहयोगि सहित १७ जना शिक्षक–शिक्षिका कार्यरत छन । समता शिक्षा निकेतन फाउण्डेशन द्धारा संचालित समता स्कुलले मुलुक भर शाखा विस्तार गरेर शिक्षा क्षेत्रमा आफ्नो भुमिका निर्वाह गरिरहेको छ ।

उदयपुरमा ४२ औ शाखाको रुपमा रहेको समता स्कुल संचालनका लागि दर्ता प्रक्रियानै सवैभन्दा झन्झटिलो र चुनौतिपुर्ण रहेको प्रअ राईको भनाई छ । समताले प्रत्येक दुई महिनामा परिक्षा लिएर विद्यार्थिको पठन पाठनलाई नजिक वाट नियाल्ने गरेको छ । कम शुल्कमा गुणस्तरीय शिक्षा प्रवाह गरेको समता स्कुल गाईघाटमा अहिले गाईघाट,मोतिगडा,भुसुने, असारी ,वोक्से ,करमगाछी लगायतका क्षेत्रवाट पठन पाठनको लागि विद्यार्थि आउने गरेका छन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !