४ जेष्ठ २०८१, शुक्रबार

राहत शिक्षक र सरकारबीच ५ बुँदे सहमति


राहत शिक्षक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ । राहत शिक्षक र नेपाल सरकारबीच सहमति भएको छ । आज शुक्रबार आन्दोलनरत शिक्षक र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच ५ बुँदे सहमति भएको हो ।

आज दिउँसो मन्त्रालयमा बसेको बैठकबाट आन्दोलनरत शिक्षक र मन्त्रालयबीच सहमति भएको हो । बैठकमा शिक्षामन्त्री अशाेक राई, शिक्षाराज्यमन्त्री प्रमिला कुमारी, सचिव सुरेश अधिकारी, नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी र नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरलगायत सहभागी थिए ।

सहमति भएसँगै राहत शिक्षकहरूले आन्दोलन फिर्ता लिएका छन् । शिक्षा विधेयकलाई संशोधन गर्ने गरी सहमति गरिएको हो ।

संसदमा पेश भएको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरको शिक्षकहरु आन्दोलित भएका थिए । शिक्षा विधेयकका कतिपय व्यवस्था संशोधन गर्नुपर्नेजस्ता माग गरेर राहत शिक्षकहरू आन्दोलनमा थिए ।

शिक्षा विधेयक परिमार्जन गर्नुपर्ने मागसहित नेपाल शिक्षक महासंघको आह्वानमा असोज ३ गतेदेखि ५ गतेसम्म काठमाडौंमा आन्दोलन भएको थियो । महासंघसँग सरकारले ६ बुँदे सहमति गरेको भएपनि राहत शिक्षकहरूका माग सम्बोधन नगरेको भन्दै उनीहरूले आन्दोलन जारी राखेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !