२६ बैशाख २०८१, बुधबार

पूर्वाञ्चल विश्वविद्यालयले गर्‍यो सबै परीक्षा स्थगित


पूर्वाञ्चल विश्वविद्यालय

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले सबै संकायका वार्षिक र सेमेस्टर प्रणालीका परीक्षा स्थगित गरेको छ ।

कोरोना भाइरस संक्रमण जोखिमलाई मध्यनजर गर्दै पूर्वाञ्चल विश्वविद्यालयले ९ माघदेखि माघ मसान्तसम्मका सबै परीक्षा स्थगित गरेको हो ।

परीक्षा नियन्त्रक प्रा. मोहनबहादुर बस्नेतले शुक्रबार सूचना जारी गरेर पूर्व प्रकाशित परीक्षा तालिका अनुसार सबै संकायअन्तर्गत विभिन्न शैक्षिक कार्यक्रम (वर्ष/सेमेष्टर)का सञ्चालनमा रहेका र सञ्चालन हुन बाँकी परीक्षाहरू स्थगित गरिएको जानकारी दिएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !