५ जेष्ठ २०८१, शनिबार

अन्तत: त्रिविका सबै परीक्षा गरियो स्थगित


त्रिभुवन विश्वविद्यालय

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले बिहीबार एक सूचना जारी गर्दै माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

त्रिभुवन विश्वविद्यालय र यस अन्तर्गतका आंगिक क्याम्पसले गर्न लागेका सम्पूर्ण परीक्षाहरू स्थगित गरिएको हो । कर्मचारीसहित परीक्षा दिने विद्यार्थीहरूमा कोरोना देखिएपछि त्रिविले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले केन्द्रीय परीक्षा सञ्चाललक समितिको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको जानकारी दिएका छन् । कोरोना संक्रमण बढ्दै जाँदा त्रिविका परीक्षा नरोकिएको भन्दै चौतर्फी रुपमा परिक्षा स्थगित गर्न माग भएको थियो ।

त्रिविको सूचनामा भनिएको छ, “हाल सञ्चालन भइरहेका अधिकांश परीक्षाहरु सम्पन्न भइसकेका, केही परीक्षा सम्पन्न हुने क्रममा र सञ्चालनको पूर्वतयारी अवस्थामा रहेको र विश्व्यापी रुपमा फैलिएको ओमक्रोम भेरियन्तको तीव्र संक्रमणका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवम् प्राध्यापकसमेत संक्रमित भएका कारण त्रिवि केन्द्रीय परीक्षा सञ्चालन समितिको बैठकबाट हाल सञ्चालित वार्षिक तथा सेमेस्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय भएको छ ।”

यस्तो छ हेर्नुहोस् त्रिविले निकालेको सूचना

त्रिविको सूचना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !