२५ बैशाख २०८१, मंगलबार

आज सार्वजनिक गर्ने मौद्रिक नीति पास गर्न राष्ट्र बैंकको बोर्ड बैठक जारी


नेपाल राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दैछ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति आज ल्याउन लागेको हो ।

गर्भनर महाप्रसाद अधिकारीले आज सार्वजनिक गर्ने मौद्रिक नीति पास गर्न राष्ट्र बैंक सञ्चालक समितिको बैठक जारी रहेको छ । राष्ट्र बैंकले आज अपराह्न ४ बजे मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो ।

पछिल्लो समय अर्थमन्त्री डा. प्रकाशशरण महतले लचिलो मौद्रिक नीति ल्याउने पर्नेमा जोड दिँदै आएका छन् । यद्यपि मौद्रिक नीतिले सेयरबजारलाई भने सुविधा नदिने बताइएको छ ।

पूर्वअर्थमन्त्रीहरूसँग गरेको छलफलमा उनीहरूले वित्त नीति कसिलो र मौद्रिक नीति खुकुलो बनाउन सुझाव दिएका थिए । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले शिथिल अर्थतन्त्रको उत्थानका लागि लचिलो मौद्रिक नीतिको प्रतिक्षा गरिरहेको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !