२६ बैशाख २०८१, बुधबार

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याउँदै


नेपाल राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याउँदै छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति आज ल्याउने भएको हो ।

राष्ट्र बैंकले आज अपराह्न ४ बजे मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो । गर्भनर महाप्रसाद अधिकारीले सार्वजनिक गर्ने उक्त मौद्रिक नीति पारित गर्न आजै सञ्चालक समितिको बैठक पनि बस्दै छ ।

पछिल्लो समय अर्थमन्त्री डा. प्रकाशशरण महतले लचिलो मौद्रिक नीति ल्याउने पर्नेमा जोड दिँदै आएका छन् । यद्यपि मौद्रिक नीतिले सेयरबजारलाई भने सुविधा नदिने बताइएको छ ।

अर्थमन्त्री डा. महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट तयारीका लागि पूर्वअर्थमन्त्रीहरूसँग गरेको छलफलमा उनीहरूले वित्त नीति कसिलो र मौद्रिक नीति खुकुलो बनाउन सुझाव दिएका थिए ।

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले शिथिल अर्थतन्त्रको उत्थानका लागि लचिलो मौद्रिक नीतिको प्रतिक्षा गरिरहेको बताएका छन् । नरम मौद्रिक नीतिले नै निजीक्षेत्रका लागि वृद्धि र विस्तारको मार्ग प्रशस्त गर्नुका साथै सङ्कटको डिलमा उभिएको देशको अर्थतन्त्रलाई लड्नबाट बचाउन सक्ने अपेक्षा उनको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !