२० बैशाख २०८१, बिहिबार

गोविन्द गुरुङ कृषि विकास बैंकको सीईओ नियुक्त


गोविन्द गुरुङ

काठमाडौँ । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले हिजो शनिबार आगामी ४ वर्षका लागि गुरुङलाई सीईओ नियुक्त गरेको हो ।

सञ्चालक समितिले २२ आवेदकहरुमध्येबाट ५ जनालाई सर्टलिस्टिङ गर्दै गुरुङलाई चयन गरेको हो । सर्टलिष्टमा कृषि विकास बैंककै निमित्त सीइओ प्रताप सुवेदी, बैंककै डिजिएम यज्ञ प्रकाश न्यौपाने, हाल राष्ट्रिय सहकारी बैंकका सिईओ रहेका बद्रीप्रसाद गुँरागाई, नेपाल एसबिआई बैंका डिसिइओ विष्णुदेव यादव रहेका थिए ।

अनिल उपाध्याय कार्यकाल पूरा गरेर अवकाश भएपछि सीईओ पद रिक्त थियो । गुरुङ लामो समयदेखि बैंकिङ क्षेत्रमा कार्यरत छन् । उनी सिभिल बैंकका पूर्व सीईओ हुन् । नवनियुक्त सीईओ गुरुङसँग बैंकिङ क्षेत्रमा करिब २६ वर्ष काम गरेको अनुभव छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !