२० बैशाख २०८१, बिहिबार

काठमाडौँको टोखा भाटभटेनीमा कृषि विकास बैंकको नयाँ एटिएम काउन्टर शुरु


टोखा एटिएम काउन्टर

काठमाडौं । कृषि विकास बैंकले काठमाडौंको टोखा नगरपालिकामा हिजो बिहीबारदेखि नयाँ एटिएम काउन्टर शुरु गरेको छ । धापासी, टोखास्थित भाटभटेनी सुपरमार्केट परिसरमा नयाँ एटिएम काउन्टर स्थापना गरिएको हो ।

टोखा भाटभटेनी सुपरमार्केटको परिसरमै स्थापना गरिएको उक्त एटिएम काउन्टरको बिहिबार नेपाल बैंकिङ एशोसिएसनका अध्यक्ष तथा
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय तथा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले एक समारोहका बीच समुद्घाटन गरेका छन् ।

उक्त एटिएम काउन्टरको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले भाटभटेनीमा किनमेलका लागि आउने ग्राहकहरुको सुविधाका लागि एटीएम काउन्टर स्थापना गरिएको बताए । उपाध्यायले सबैलाई सहज होस् भनेर यो काउन्टर सञ्चालनमा ल्याएको जानकारी दिए ।

भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङले पनि टोखाको भाटभटेनीमा कृषि विकास बैंकको एटीएम काउन्टर राखेकोमा बैंकको व्यवस्थापनलाई धन्यवाद ज्ञापन गर्दै यो काउन्टरबाट ग्राहकले सुविधा पाउने बताए ।

समारोहमा कृषि विकास बैंकका समारोहमा कृषि विकास बैंकका उप-महाप्रवन्धक यज्ञप्रकाश न्यौपाने, कृषि विकास बैंक बागमती प्रदेश प्रमुख जगदिश्वर पन्थी, भाटभटेनी सुपरमार्केट का सिइओ पानुदत्त पौडेल, सुपरमार्केटका सदस्य पहलमान गुरुङ, कृषि विकास बैंकका विभागीय प्रमुखहरु सुन्दर प्रसाद खतिवडा, अजयकुमार रिमाल, प्रवक्ता हिमलाल पौडेल, बैंकको बालाजु शाखाका प्रमुख सुदन सिलवाल सहित बैंकका विभिन्न पदाधिकारी तथा कर्मचारीहरुका साथै सुपरमार्केटका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !