२० बैशाख २०८१, बिहिबार

नेपालको जीडीपी २.७ प्रतिशतले वृद्धि हुने विश्व बैंकको प्रक्षेपण


विश्व बैंकको प्रक्षेपण

काठमाडौँ । विश्व बैंकले कोभिड-१९ महामारीपछि दक्षिण एसियाको अर्थतन्त्र पुनरुत्थान हुँदै गरेको तर त्यसको जग कमजोर रहेको उल्लेख गरेको छ । दक्षिण एसियाको आर्थिक वृद्धिदर सन् २०२१ मा ७.२ प्रतिशत र सन् २०२२ मा ४.४ प्रतिशत रहने प्रक्षेपण विश्व बैंकले गरेको छ ।

आर्थिक वर्ष २०२१/२०२२ मा नेपालको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा २.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण विश्व बैंकले गरेको हो । साथै सन् २०२३ मा ५.१ प्रतिशतले अर्थतन्त्र पुनर्उत्थान हुने विश्व बैंकले जनाएको छ ।

महामारीका कारण सन् २०२० मा आर्थिक वृद्धिदर ऐतिहासिक कमजोर भएको थियो । सन् २०२० को अर्थतन्त्रको तस्बिर त्यति राम्रो भएन अनौपचारिक क्षेत्रमा दशौं लाख कामदारले रोजगारी गुमाए भने तिनीहरू अझै रोजगारीमा फर्किनका लागि संघर्षरत छन् ।

दक्षिण एसियामा भएको आर्थिक वृद्धि दर ऐतिहासिक हुनुमा कोभिड–१९ विरुद्धको भ्याक्सिनका अभियानको कारणले भएको विश्व बैंकले जनाएको छ । । साथै दक्षिण एसिया मुलुकले कोभिड–१९ लाई नियन्त्रणमा राखेकोले पनि आर्थिक वृद्धिदर बढ्नुमा सहयोग पुर्‍याएको विश्व बैंकको भनाइ छ ।

साथै बैंकले नेपालसहित बंगलादेश र पाकिस्तानको जीडीपीको आकार पनि वृद्धि हुने आशा गरेको छ । यसो हुनुमा रेमिट्यान्स आप्रवाहमा भएको वृद्धि कारण रहेको उल्लेख छ । आय असमानता अझै बढेको र मानव पुँजीमा पनि क्षति पुगेको विश्व बैंकले प्रकाशन गरेको साउथ एसिया फोकसमा उल्लेख छ ।

दक्षिण एसियामा विद्युत् खपत वृद्धिले यहाँ आर्थिक वृद्धिदर पुनरुत्थान हुँदै गरेको संकेत गरेको छ । भारतले दक्षिण एसियाली अर्थतन्त्रको ठूलो हिस्सा ओगट्छ भने दक्षिण एसियाको आर्थिक वृद्धिदर सन् २०२१–२२ मा १० प्रतिशतले बढ्ने अनुमान छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !