१४ बैशाख २०८१, शुक्रबार

सर्वोच्च अदालतको दैलोमा किन भन्दै प्रचण्डलाई शंकर पोखरेलले दिए यस्तो प्रतिक्रिया


शङ्कर पोखरेल

काठमाडौं । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पुष्पकमल दाहाल प्रचण्डलाई एकताको मर्म विपरित अन्तरविरोधमा लागेको आरोप लगाएका छन् । पोखरेलले एक स्टाटस लेख्दै एकताको मर्म विपरित अन्तरविरोधमा खेलेर अब चै अदालतको दैलोमा किन ? भन्दै प्रश्न गरेका छन्।

उनले लेखेका छन्, “क. प्रचण्ड, एकता जोगाउने प्रयासलाई तपाईले उपेक्षा गर्नु भो । एकताको मर्म विपरित अन्तरविरोधमा खेल्नु भो। अब चै अदालतको दैलोमा किन ?”

प्रचण्डले मंगलबार तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (ने क पा) खारेज गरेर नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकन निवेदन दिन सर्वोच्च पुगे थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !