२६ बैशाख २०८१, बुधबार

सुशासनको अभ्यासमा अग्रसर रामधुनी नगरपालिका


रामधुनी नगरपालिका

इनरुवा । सुनसरीको रामधुनी नगरपालिका सुशासनको अभ्यासमा अग्रसर भएका छन् ।

रामधुनी नगरपालिकाले जिल्लाको १२ वटा पालिकामध्ये पहिलो पटक समाजिक परीक्षण र सार्वजनिक सुनवाइ निर्देशिका तथा कार्यविधि निर्माण गरी कार्यान्वनमा ल्याएको हो । नगरपालिकाले सार्वजनिक सुनवाइ र समाजिक परीक्षण कार्यविधि अनुसार वार्षिक एउटा समाजिक परीक्षण, प्रत्येक चौमासिकमा तीन वटा सार्वजनिक सुनवाइ र दुई लाख भन्दा बढीको योजनामा योजनापिच्छे सार्वजनिक परीक्षण कार्यक्रम गर्दै आएको छ ।

नगरपालिकाले सुशासनको अभ्यासलाई कायम गर्नका लागि परेको रामधुनी नगरपालिकाका सूचना अधिकारी वसन्त मोतोले जानकारी दिनुभयो । विभिन्न योजनाको सार्वजनीकीकरण गर्नेदेखि जनताले माग्ने वित्तिकै सूचना उपलब्ध गराउने लगायतको कार्यलाई निरन्तरता दिएको उहाँले जानकारी दिनुभयो ।

नगरपालिकाको सुशासन र बालमैत्री शासनलाई एकसाथ अगाडि बढाएको नगरपालिकाको कार्यक्रम प्रभावकारी रहेको नागरिक सङ्गठनका अगुवा तथा बालमैत्री अमन ढुङगेलले बताउनुभयो । सुशासन र जनसहभागितालाई प्राथमिकतामा राखेको नगरपालिकाले दाबी गरेपनि नागरिकले त्यसको पूर्ण अनुभूति गर्न नपाएको गुनासो स्थानीयवासीले गरेका छन् ।

नगरपालिकाका नौ वटै वडामा सुशासनको अभ्यास भइरहेको नगरपालिकाको दाबी छ । वडा नं ५ का अध्यक्ष डेगराज फुयाँलले पालिकाको बजेट, नीति तथा कार्यक्रम नागरिककै हितका लागि नागरिककै सहभागितामा भइरहेको दाबी गर्नुभयो ।

नगरपालिकाले आफनो नीति कार्यक्रममा नागरिकको सर्वोत्तम हितलाई ध्यानमा राखेर काम गरिरहेको वडाध्यक्ष फुयाँलले बताउनुभयो । रामधुनी नगरपालिकाले सुशासनको अभ्यास गर्दै आएकोमा एक वर्षयता स्वास्थ्य क्षेत्रमा समेत गुनासो सुनवाइसम्बन्धी अभ्यास सुरु गरेको छ । त्यसका लागि महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल एप्समार्फत गुनासो सुनवाइ र सम्बोधनका लागि भन्दै मोबाइल वितरण गरेको छ ।

यस पालिकाको सुशासन मैत्री कार्यलाई थप प्रभावकारी बनाउन नागरिक सहभागितामा नागरिक वडापत्र निर्माण तथा परिमार्जन गरेर थप सुशासन प्रवद्र्धन गर्न आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।

ट्रिफरको ठक्करबाट एकको मृत्यु

सुनसरीको दुहबी नगरपालिका–९ छाताबेलीमा ट्रिफरको ठक्करबाट बुधबार एक भारतीय नागरिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारत कुचबिहार घर भएका रघुपुल इस्लामको छोरी ९ वर्षीया ममिता इस्लाम रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

जयबाबा इँट्टाभट्टाको को १ ख ५४५१ नं को ट्रिफरले सोही इटाभट्टामा कार्यरत इस्लामलाई ठक्कर दिएको थियो ।
ट्रिफरको ठक्करबाट इस्लामको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रिफर र त्यसका चालक धनकुटा शहीदभूमि–४ का ३० वर्षीय हेमराज राईलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !