२० बैशाख २०८१, बिहिबार

पोखराको मेयर पदका लागि कानुमन्त्री थापाले दिए उम्मेदवारी


विन्दुकुमार थापा

पोखरा । पोखरा महानगरपालिकाको प्रमुख पदका लागि गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले उम्मेदवारी दिएका छन् ।

उमेदवारी दर्ता गर्दै मन्त्री थापाले कुनै पनि हालतमा आफूहरूले जित्नुपर्ने भएकाले अरू व्यक्तिले टिकट पाएको अवस्थामा पनि आफूले पूर्ण सहयोग गर्ने बताए ।

एक नेताका अनुसार हालसम्म १३ जनाले नगरप्रमुखका लागि पार्टीभित्र उमेदवारी दर्ता गराएका छन् । पोखरा महानगरको उपप्रमुखका लागि कांग्रेसभित्र पाँचजनाले आवेदन दर्ता गराएका छन् ।

पार्टीले आवेदन दिनेहरूमध्येबाट प्रमुख र उपप्रमुखका उमेदवार चयन गर्नेछ । निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयन दर्ताको समय निर्धारण गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !