२४ पुस २०८१, बुधबार
पर्यटन

म्याग्दीको पानी उड्ने झरना

–धु्रवसागर शर्मा गलेश्वर, ३२ साउन (रासस) ः पुछारमा कलकल बगेको म्याग्दी नदी । नदीको नटमा लमतन्नै परेको खेतको फाँट । परम्परागत र आधुनिक शैलीका घरले चिटिक्क सिँगारिएको बगरफाँट गाउँ । गाउँको सिरानमा घना जङ्गल । जङ्गलको माथिपट्टि विशाल भिर ।