बाँकेको बैजनाथमा पवित्र धार्मिकस्थल कैलाश मानसरोवरको प्रतीकात्मकस्थल निर्माणकार्य शुरु भएको छ । हिन्दूहरुको पवित्र धार्मिक गन्तव्य मानसरोवर कैलाश जान चाहने तर नसक्ने पर्यटकलाई मध्यनजर गर्दै प्रदेश नं ५ सरकारले बाँकेको बैजनाथ–६ लालपुरमा मानसरोवरको प्रतीकात्मकस्थल निर्माण प्रक्रिया शुरु गरेको हो ।