५ जेष्ठ २०८१, शनिबार
खेलकुद

सादनीदेखि ‘वल्र्ड च्याम्पियनसिप’ सम्म

महेन्द्रनगर । एघार वर्षअघि डडेल्धुराको परशुराम नगरपालिका–७ सादनीका नरेन्द्र चुनारा परिवारसहित व्यापार/व्यवसाय गरेर जीविका चलाउने सपना बोकेर कञ्चनपुरको महेन्द्रनगर झर्नुभयो । दुई छोरा, एक छोरी र श्रीमतीसहित महेन्द्रनगरमा डेरा गरी बसेका नरेन्द्रले अहिले पनि सामान्य व्यापार गरेर जीविका चलाइरहनुभएको छ