, समाज

समाज

  • Nepalpatra

    चेपाङ बस्तीमा अनिकाल बढ्यो

    १३ जेठ, चितवन ।  जिल्लाको पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई यतिबेला दुई छाक खान धौ धौ परेको छ । चामलको भात त परको कुरा दुई छाक खोले फाँडो खान पनि मुस्किल भएको छ । राप्ती नगरपालिका वडा नं १० कोराकका पहलमान चेपाङले सिंगो गाउँमै अनिकाल लागेको बताउनुभयो । जेठ र असार महिना बाँच्न कठिन […]

  • Water Scarcity

    मुहान सुकेसंगै खानेपानीको हाहाकार

    १३ जेठ, डडेल्धुरा ।  लामो समयदेखि वर्षा नहँुदा परेको खडेरीका कारण गर्मी बढेसँगै. खानेपानीका मुहान सुक्न थालेका छन् । पानीका मुहान सुक्न थालेपछि चुरे क्षेत्रका साथै डडेल्धुरा सदरमुकाम र दर्जनौं पहाडी गाउँका बस्तीमा खानेपानीको हाहाकार भएको छ । सदरमुकाममा नै पानीको हाहाकार भएपछि अमरगढी नगरपालिकाले प्रत्येक व्यक्तिलाई ५० लिटरका दरले दमकलमा खोलाको पानी ल्याई वितरण गरिरहेको छ […]

  • Nepalpatra

    दलितको हातको पानी खाँदा गाउँ निकाला

    १३ जेठ, बाजुरा । बाजुराको दुर्गममा रहेको हिमाली गाउँपालिका–२ मा बसोबास गर्दै आएका जयलाल बुढाका दम्पतीले दलितको हातको पानी खाएको भन्दै गाउँलेले पीडा दिने गरेकाले सो पीडा सहन नसकी गाउँ छाडेका छन् । वर्षोदेखि गाउँमै बसोबास गर्दै आएका भए पनि केहि वर्षदेखि भने ती दम्पतीले नातीखोला गाउँ छोड्न बाध्य भएका छन् । हिमाली गाउँपालिका–२ नातिखोलामा […]

  • Nepalpatra

    पूर्वराष्ट्रपति डा यादवद्वारा पुस्तक लोकार्पण

    पूर्वराष्ट्रपति डा यादवद्वारा पुस्तक लोकार्पण 2018-05-26 18:46 काठमाडौँ, १२ जेठ (रासस) ः नेपालको प्रशासनिक संस्कृति नामक पुस्तक सार्वजनिक भएको छ । डा जनार्दनराज लामिछानेले लेख्नुभएको पुस्तकमा विसं ९३७ देखि विसं १८२६ सम्मका घटनाक्रम समेटिएको छ । पुस्तक आज लोकार्पण गर्नुहुँदै पूर्वराष्ट्रपति डा रामवरण यादवले प्रशासनिक क्षेत्रको संस्कृतिको विश्लेषण गरी लेखिएको पहिलो कृति भएको बताउनुभयो । […]

  • Kanchenjunga Mountain

    सगरमाथा आरोहण सम्पन्न, ४०० बढी शिखरमा, रु ३६ करोड राजश्व

    १२ जेठ, काठमाडौँ । यस वर्षको सगरमाथा आरोहणबाट रु ३६ करोड १४ लाख ९८ हजार ३२१ रोयल्टी संकलन भएको छ । वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेदेखि शुरु भएको थियो भने यही जेठ ११ गतेसम्म चलेको हो । यस याममा ४०० भन्दा बढीले आरोहण सम्पन्न गरेका छन् । अघिल्ला वर्ष भन्दा यस पटकको आरोहणमा […]

  • Nepalpatra

    युवा उद्यमीद्वारा कागज उद्योग सञ्चालन

    १२ जेठ, म्याग्दी ।  मालिका गाउँपालिका–५ देवीस्थानमा नेपाली हाते कागज उद्योग सञ्चालन भएको छ । स्थानीय युवा खगेन्द्र पुनले वेष्ट नेपाल लोत्ता पेपर एण्ड हेण्डीक्राफ्ट उद्योग स्थापना गरेर नेपाली कागज र विभिन्न सामग्री उत्पादन गर्न थाल्नुभएको हो । जंगलमा खेरगइरहेको अर्गेलीको लोत्ताको सदुपयोग, रोजगारी सिर्जना र स्थानीयवासीको आयआर्जन वृद्धिका लागि उद्योग सञ्चालन गरेको २७ वर्षीय […]

  • Nepalpatra

    ट्रेकिङ गाइड तालीम शुरु

    १२ जेठ, पाेखरा । ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले पदयात्रा पर्यटनलाई व्यवस्थित एवं प्रभावकारी बनाउने लक्ष्यकासाथ एक महिने ट्रेकिङ गाइड तालीम शुरु गरेको छ । प्दयात्रामा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण निकै बढिरहेको अवस्थामा यसको व्यावसायिक विकासका लागि तालीम आवश्यक भएको महसुस गरी यसलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउन तालीम आयोजना […]

  • Nepalpatra

    स्वास्थ्य संस्थामा औषधि अभाव

    १२ जेठ, त्रिशूली(नुवाकोट)। ककनी गाउँपालिका–८ स्थित थानसिङ स्वास्थ्यचौकीमा औषधि अभाव भएको छ । जिल्ला जनस्वास्थ्य र गाउँपालिकाका कार्यालयले आवश्यक औषधि नपठाउँदा औषधि अभाव भएको स्वास्थ्यचौकीका इञ्चार्ज सुरेश गैरेले बताउनुभयो । इञ्चार्ज गैरैका अनुसार स्वास्थ्यचौकीमा नियमित हुनु पर्ने ११ थरीका औषधि छैन । स्वास्थ्यचौकीमा आँखामा राख्ने औषधि सिप्रो, पेट दुखेको बेला खाने ट्याबलेट वुसकोवान, उल्टी रोक्ने […]

  • Nepalpatra

    स्थानीय तहको न्यायिक समितिमा उजुरी दिनेको वृद्धि हुँदै

    ११ जेठ, भीमदत्तनगर । स्थानीय तहमा उपप्रमुख एवं उपाध्यक्षको संयोजकत्वमा गठित न्यायिक समितिमा उजुरी दिनेको संख्यामा वृद्धि हुँदै गइरहेको छ । स्थानीय तहमा जनप्रतिनिधि आएको झण्डै वर्ष दिन हुन लाग्दा कञ्चनपुरका सात नगरपालिका र दुईवटा गाउँपालिका गरी नौवटै स्थानीय तहमा घरेलु हिंसा, सामान्य झगडा, जग्गा विवादलगायतका उजुरी आउने क्रम बढेको यहाँका स्थानीय तहले जनाएका छन् […]

  • fon

    विद्युतभार कटौतीका कारण डोल्पामा मोबाइल फोन सेवा अवरुद्ध

    ११ जेठ, डोल्पा । विद्युतभार कटौतीका कारण डोल्पामा मोबाइल फोन सेवा अवरुद्ध हुँदै आएको छ । विद्युत्भार कटौतीका कारण ठूलीभेरी नगरपालिकाअन्तर्गत जुफालमा रहेको मोबाइल टावरको सेवा नियमित हुन नसक्दा मोबाइल सेवा प्रभावित भएका हुन् । जुफालस्थित मोबाइल टावर सञ्चालनका लागि राखिएको सोलार ब्याट्रिले काम नगरेपछि विद्युत् आएकोे दिनमात्र टावर दिने र विद्युत् नआएको दिन दिनमा […]

  • Nepalpatra

    उखुको भुक्तानी पाउँदै किसान

    ११ जेठ, विराटनगर । किसानले चिनी मिलबाट उखुको भुक्तानी पाउन थालेका छन् । सुनसरी–मोरङ उखु संघका अध्यक्ष शैलेन्द्रराज पाण्डेका अनुसार सुनसरीको अमडुवास्थित इस्टर्न सुगर मिलले किसानलाई प्रति क्विन्टल ५३१ रुपैयाँ २१ पैसाको दरले उखुको भक्तुानी गर्नुपर्ने सम्झौता भएपनि रु ५०१ का दरले भुक्तानी गरिरहेको जानकारी दिनुभयो । “लगभग ५० प्रतिशत किसानले उखुको भुक्तानी प्राप्त गरिसकेका […]

  • Nepalpatra

    दलित विद्यार्थी भर्ना नलिनेविरुद्ध मुद्दा

    ११ जेठ, झापा ।  दलित विद्यार्थी भर्ना लिन नमानेपछि झापाको भद्रपुरमा सञ्चालित एक गुरुकूलका अध्यक्ष र प्राचार्यविरुद्ध मुद्दा दर्ता गरिएको छ । भद्रपुर–६ मा सञ्चालित कृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रममा दलित विद्यार्थी भर्ना गर्न नमानेपछि गुरुकूलका अध्यक्ष राजेन्द्र चापागाईं र प्राचार्य राजन तिवारीविरुद्ध जातीय छुवाछूत तथा भेदभाव (कसुर र सजाय) ऐन—२०६८ बमोजिम कारबाहीको माग गर्दै […]

  • Nepalpatra

    माउण्टेन फेस्टिभल जेठ १५ मा हुने

    ११ जेठ , काठमाडौँ । आउटडोर एडभेञ्चर सेण्टर नेपालको आयोजनामा यही जेठ १५ गते ‘ओएसी माउण्टेन फेस्टिभल’ हुने भएको छ । हिमाल आरोहण सफल पार्न भूमिका निर्वाह गर्ने शेर्पा र राष्ट्रिय–अन्तर्राष्ट्रिय आरोहीलाई स्वागत गर्ने उद्देश्यले फेस्टिभल आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा फेस्टिभल संयोजक सोनामजाङ्बु शेर्पाले जानकारी दिनुभयो । ठमेलमा आउँदो मंगलबार हुने फेस्टिभलमा […]

  • Nepalpatra

    मानसिक सन्तुलन गुमाएकी महिलाले बच्चा जन्माएपछि अलपत्र

    ११ जेठ , रोल्पा । मानसिक सन्तुलन गुमाएकी एक महिला बलात्कारमा परी गर्भवती भएर शिशुको जन्म दिएकी छिन् । रोल्पा नगरपालिका–२ की एक २२ वर्षीया मगर जातीकी अविवाहित ती महिलाले दुईहप्ता अगाडि शिशुको जन्म दिएपछि नवजात शिशुको रेखदेखमा समस्या देखिएको छ । बाबुको पहिचान बिना जन्मिएका शिशुको भविष्यसमेत बेवारिसे बन्ने देखिएको छ । शिशुको जन्म दिएपनि रेखदेख […]

  • Nepalpatra

    विदेश जानेलाई वैदेशिक रोजगार ‘एप

    ११ जेठ, काठमाडौँ । विदेशी भूमिमा रोजगारका लागि जाने कामदारलाई सूचना दिने उद्देश्यले वैदेशिक रोजगार ‘एप’ सार्वजनिक भएको छ । साझा सवाल मिडियाले आफ्नो स्थापनाको पाँचौँ वार्षिकोत्सवको अवसरमा बिहीबार साँझ विदेशमा कामका लागि जाने कामदारलाई लक्षित गरी एप सार्वजनिक गरेको हो । वैदेशिक रोजगारीमा जान चाहने तथा वैदेशिक रोजगारीमा रहनुभएका लाखौँ नेपाली, म्यानपावर व्यवसायी तथा […]

  • Electricity

    विद्युत् अनियमित भएर सास्ती

    १० जेठ, दाङ । जिल्लामा पछिल्लो समयमा विद्युत् आपूर्ति अनियमित हँुदै गएको छ । सरकारले यसअघि हँुदै आएको विद्युत् कटौती अन्त्यको घोषणा गरे पनि अघोषित रुपमा भइआएको कटौतीका कारण जिल्लावासी सास्ती खेप्न बाध्य छन् । विद्युत् छ, कम्प्युटर चल्दैन । पाँच मिनेट विद्युत् आउँछ, आधा घण्टासम्म आउँदैन । विद्युत् कार्यालयमा शिकायत गर्न फोन गर्न खोज्यो कहिले व्यस्त […]

  • Jalbire Jharana

    पर्यटकलाई लोभ्याउँदै जलविरे झरना

    १० जेठ, चितवन । भिर, पहरा, छाँगा र छहराको संयोग, प्राकृतिक छटाले भरिपूर्ण जलविरे झरना (लामो झरना) चितवनकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो । तस्वीर देख्नेबित्तिकै लोभिने पर्यटक, यहाँ पुग्दा छुट्टै आनन्द महसुस गर्छन् । पूर्वाधारबिनै पर्यटकको चहलपहल बढेको जलविरे झरना आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको छ । पछिल्लो केही वर्षको प्रयासमा शौचालय, चेन्जिङ रुम, पौडी पोखरी, पार्क […]

  • roads

    नारायणगढ मुग्लिन सडक जोखिमपूर्ण

    १० जेठ, चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड विस्तारको काम सकिनै लाग्दा सवारी सुरक्षाका संरचना निर्माण थालिएको छ । सडक सहज हुँदै जाँदा सुरक्षाका संरचना नहुँदा दुर्घटना बढेका छन् । सडकको धेरै जसो क्षेत्रको एकातर्फ त्रिशूली नदी र अर्कोतर्फ अग्लो पहाड भएकाले सो सडकखण्ड जोखिमपूर्ण सडकका रुपमा लिइन्छ । नारायणगढ–मुग्लिन सडक आयोजनाको परामर्शदाता कम्पनीका आवासीय इन्जिनियर पुष्कर रेग्मीका […]

  • Mustang

    पर्यटन व्यवसाय प्रवद्र्धनमा स्थानीय निकाय

    १० जेठ, पाल्पा ।  पर्यटकीय क्षेत्रको विकास गरी आम्दानीको स्रोत वृद्धि गर्न पूर्वखोला गाउँपालिकाले पर्यटकीय क्षेत्रको खोजी गरी पर्यटन व्यवसाय प्रवद्र्धन अभियान शुरु गरेको छ । गाउँपालिकाले वडा नंं १ देखि ६ सम्मका पर्यटकीय स्थलको पहिचान गरी पूर्वाधार विकास गर्दै सिङ्गो गाउँपालिकालाई पर्यटकीय गाउँपालिका बनाउन अध्ययन अवलोकन शुरु गरेको हो । सदरमुकाम तानसेनबाट ३५ किलोमिटर पूर्वमा रहेको […]

  • Nepalpatra

    आमा समूहको अगुवाइमा नुहाउने घर

    १० जेठ ,  म्याग्दी । धौलागिरि गाउँपालिका–१ गुर्जामा स्थानीय हिमाली आमा समूहको अगुवाइमा सार्वजनिक नुहाउने घर निर्माण गरिएको छ । जिल्लाको सबैभन्दा दुर्गम गाउँका रुपमा चिनिएको गुर्जामा पर्यटक र स्थानीयवासीका लागि आमा समूहले रु १६ लाखभन्दा बढी लगानीमा नुहाउने घर निर्माण गरेका हुन् । अत्यधिक चिसो हुने गुर्जामा तातोपानीको सुविधासहितको सार्वजनिक नुहाउने घर र कुलेसो […]