देशकै ठूलो सौर्य प्लान्ट : वैशाखदेखि विद्युत् बल्ने
काठमाडौँ, २५ फागुन । देशकै हालसम्मकै ठूलो सौर्य ऊर्जा प्रणालीबाट आगामी वैशाखभित्र विद्युत् उत्पादन गर्ने तयारीका साथ काम अन्तिम चरणमा पुगेको छ । ऊर्जा मिश्रणको अवधारणाअनुसार नै नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा २५ मेगावाट क्षमताको सौर्य प्रणाली निर्माण गरिरहेको छ ।