धर्म संस्कृति

  • DADELDHURA

    सुदूरपश्चिममा बूढी पोल्ने पर्व मनाइँदै

    १ असोज, डडेल्धुरा । डडेल्धुरालगायत सुदूरपश्चिमका जिल्लाहरुमा आज बूढी पोल्ने पर्व मनाइँदैछ । असोज सङ्क्रान्तिका दिन राक्षस पुतनालाई भगवान श्रीकृष्णले मारेको उत्सवका रुपमा यो पर्व मनाइने गरिन्छ । विजय उत्सवका रुपमा मनाइने यो पर्वमा बूढी अर्थात राक्षसी पुतनाको प्रतीकलाई पोल्ने गरिन्छ । किम्बदन्तीअनुसार भगवान श्रीकृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला अर्थात गोठालाले पुतनाको […]

  • vishwakarma-puja-

    आज विश्वकर्मा पूजा, वास्तु दिवस मनाउँदै

    १ असोज, काठमाडौँ ।  आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग […]

  • shani

    थाहा पाइराख्नुस् शनिका अशुभ संकेत !

    ज्योतिषशास्त्रका अनुसार हाम्रो जीवन ग्रहको आधारमा चल्छ । हाम्रो जीवनमा हुने हरेक घटनामा ग्रहको प्रभाव हुन्छ । अफ्ठ्यारो भनिएको शनि ग्रहको स्थानान्तरणसँगै मानिसको जीवनमा परिवर्तन हुने सम्भावना हुन्छ । शनि अशुभ भएका राशिका ब्यक्तिलाई विभिन्न संकेत देखिने ज्योतिष शास्त्रको भनाइ छ । थाहा पाइराख्नुस् शनिका अशुभ संकेत : शनि प्रतिकुल भएपछि मानिसमा नराम्रा कुराप्रति बढी […]

  • rishi panchami

    आज ऋषिपञ्चमी, हिन्दु महिलाहरु पूजाआजा गर्दै

    २९ भदौ, काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । रजस्वलाका समयमा छाइछुइलगायत कुनै त्रुटि भए आज ऋषि […]

  • Rishi panchami

    ऋषि पंचमी मनाउने चलन कसरी भयो सुरु, कारण यस्तो छ

    ब्रह्माण्ड पुराण अनुसार भाद्र शुक्ल पक्षको पंचमी तिथिलाई ऋषि पंचमी भनिन्छ । पौराणिक कथा अनुसार चतुर्थी युक्त पंचमी तिथि ऋषि पंचमीको लागि ग्राह्य मानिन्छ । भविष्योत्तर पुराणमा भनिएको छ भगवान ईन्द्रले त्वष्टा ऋषिको छोरा वृत्तासुरलाई मारेपछि ब्रह्माजीले भगवान ईन्द्रले गरेको पापलाई मोचन गर्न त्यो पापलाई चार ठाउँमा बाँडिदिए । जसअनुसार पहिलो पापको पूल्ठो अग्निको धूँवा […]

  • shivamaya tumbamafe

    उपसभामुख र उपाध्यक्षद्वारा तीजको शुभकामना

    २७ भदौ, काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे र राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले हिन्दू महिलाको महान् पर्व तीजको अवसरमा छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनुभएका नेपाली महिलामा सुख, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ । उपसभामुख तुम्बाहाङ्फेले पौराणिककालदेखि नै मनाइँदै आएको तीज पर्वले नेपालीबीचको सांस्कृतिक र सामाजिक एकतालाई अझै बलियो […]

  • Pashupati

    मध्याह्नसम्म तीन लाख भक्तजनले पशुपतिनाथको दर्शन गरे

    २७ भदौ, काठमाडौँ । भाद्र शुक्ल तृतीया अर्थात् हरितालिका (तीज) पर्वका दिन मध्याह्न १२ बजेसम्म तीन लाख बढी भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन एवं पूजा गरेका छन् । बिहान तीन बजेदेखि नै पशुपतिका चारै ढोका खोली भक्तजन प्रवेश गराइएको थियो । यस वर्ष लाम व्यवस्थित भएकाले चक्रपथको तिलगङ्गा–गौशाला–चावहिल मार्ग सवारी चलिरहेको छ । यसले गर्दा भक्तजनलाई […]

  • Teej111

    तीज र पछिल्लो समयमा बढेका विकृति

    तीज हिन्दु धर्मावलम्बीहरूको एक महत्वपूर्ण पर्व हो । यो पर्व भाद्रशुक्ल पक्ष तृतीयाका दिनमा पर्दछ । धार्मिक कथनअनुसार हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भई महादेव पति पाएको दिनलाई हिन्दू नारीहरूले हरितालिका तीजका रूपमा मनाउँदै आएका छन् । हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान […]

  • Nanda-Bahadur-Pun.

    तीजलाई सिर्जनात्मक बनाउन उपराष्ट्रपतिको आग्रह

    २७ भदौ, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले हरितालिका तीज पर्वले नेपाली महिलामा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्न सकोस् भन्ने कामना गर्नुभएको छ । हरितालिका तीजको अवसरमा उपराष्ट्रपति पुनले शुभकामना सन्देश दिनुहुँदै तीज सिर्जनशील र उल्लासमय बनोस् भन्ने उल्लेख गर्नुभएको छ । नेपाल राष्ट्रको निर्माण र नेपाललाई विश्वसामु परिचित गराउन नेपाली महिलाको योगदान अत्यन्त ठूलो […]

  • chourchan

    मिथिलाञ्चलमा आज ‘चौरचन’ पर्व

    २७ भदौ, महेन्द्रनगर, धनुषा । जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा आज चौरचन पर्व मनाइँदै छ । यो पर्व भदौ महिनाको शुक्लपक्ष चौथी तिथिका दिन मनाइन्छ । मधेशी समुदायले यसलाई छठपछिको दोस्रो ठूलो पर्वको रूपमा मनाउने गर्दछन् । चौठचन्द्र पर्वका दिन ब्रत बस्ने चलन छ । यस पर्वको माध्यमबाट मैथिल कला संस्कृतिको समेत उजागर हुन्छ । खासगरी […]

  • devghat

    तीजमा विगत सम्झँदै देवघाटका वृद्धवृद्धा

    २७ भदौ, चितवन ।  पाखुरीमा बल हुञ्जेल परिवार र इष्टमित्रसँग तीज मनाएका वृद्धाहरू यतिबेला देवघाटमा पर्व सम्झँदै बसेका छन् । कुनै समय कहिले आफू माइत जाने त कहिले घरमै चेलीबेटी डाकेर दर खुवाउने वृद्धाहरू यतिबेला विगत सम्झँदै मलिन अनुहारमा देवघाटका वृद्धाश्रममा बसिरहेका छन् । देवघाट क्षेत्र विकास समितिले सञ्चालन गरेको देवघाट समाज कल्याण केन्द्रको वृद्धाश्रममा […]

  • teej11

    पशुपतिनाथमा भक्तजनको भीड

    २७ भदौ, काठमाडौँ ।  भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको आज बिहानैदेखि भीड लागेको छ । दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान तीन बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको छ । मन्दिरका चार ढोका बेलुकी आठ बजेसम्म खुला गरिनेछ । […]

  • Pashupati_Teej

    पशुपतिनाथ मन्दिर प्रवेश गर्न तीन मार्गको व्यवस्था

    २७ भदौ, काठमाडौँ । हरितालिका (तीज)मा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न आउने भक्तजनका लागि तीनवटा मार्गको व्यवस्था गरिएको छ । मित्रपार्क–गौरीघाट–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्रवेश गरी रुद्रगाडेश्वर नयाँ फलामे भ¥याङ हुँदै कैलाश दक्षिणस्थित जुत्ताचप्पल कक्षबाट फर्कने व्यवस्था मिलाइएको छ । जयबागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्यमठ दक्षिण हुँदै फलामेपुल पश्चिम सानो ढोकाबाट मन्दिर प्रवेश गरी पश्चिम मूल ढोकाबाट बाहिरिने व्यवस्था […]

  • Kp Oli

    प्रधानमन्त्रीद्वारा तीजको शुभकामना व्यक्त

    २७ भदौ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तीजको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज शुभकामना सन्देश दिनुहुँदै तीज पर्वले सम्पूर्ण महिलालाई एकताबद्ध भएर अगाडि बढ्न प्रेरणा मिलोस् भन्नुभयो । नेपालजस्तो बहुसांस्कृतिक, बहुधार्मिक तथा बहुजातीय देशमा मनाइने विभिन्न चाडपर्वले आम नेपालीलाई एक सूत्रमा बाँध्न सहयोग गर्ने प्रधानमन्त्रीको शुभकामना सन्देशमा […]

  • Rastrapati_Bidhyadevi-Bhandari

    तीज सामाजिक एकताको प्रतीक : राष्ट्रपति

    २७ भदौ, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका (तीज)का अवसरमा सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको भन्दै शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले सन्देशमा नेपाली नारीको महान् पर्व हरितालिका तीजको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीमा पारिवारिक सुख, शान्ति, समृद्धि एवं सामाजिक एकता र सद्भाव कायम होस् भनी शुभकामना व्यक्त गर्दछु भन्नुभएको […]