राष्ट्रियसभा सदस्य निर्वाचन : उम्मेदवार दर्ता सम्पन्न
काठमाडौँ । राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि भएको उम्मेदवारको मनोनयनपत्र दर्ता उत्साहपूर्वक रुपमा सम्पन्न भएको छ । आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि सबै प्रदेशमा सबै समूहमा मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिए