२७ चैत्र २०८२, शुक्रबार
राजनीति

नेपालगञ्जमा कांग्रेसका उम्मेदवार बिष्ट दोब्बर मतले अगाडि

राँझा । स्थानीय तह निर्वाचनअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता दोब्बर बनाएको छ । गठबन्धनको तर्फबाट कांग्रेसका नगरप्रमुख उम्मेदवार प्रशान्त विष्टले ८ हजार ३४० मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा (एमाले) का पशुपति मिश्रले ४ हजार ३७७ प्राप्त गरेका छन् ।