८ बैशाख २०८३, मंगलबार
राजनीति

उपसभामुखको उम्मेदवार भुसाललाई बनाउने कांग्रेसको निर्णय

१ चैत, काठमाण्डौ । कांग्रेसले उपसभामुखको उम्मेदवारी दिने भएको छ । पुष्पा भुसाललाई उम्मेदवार बनाउने तयारी गरेको छ । भुसाल अर्घाखाँचीकी समानुपातिक सांसद हुन् । उपसभामुखको उम्मेदवारी दर्ताका लागि दिउँसो २ बजेसम्मको समय तोकिएको छ । निर्वाचन शुक्रबार हुनेछ ।