३० असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले सबै नागरिकलाई बराबरीको अधिकार प्रत्याभूत गरेको बताउनुभएको छ । अखिल नेपाल महिला संघ केन्द्रीय समितिले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आम नागरिकमाथि संविधानले विभेद गरेको छैन भन्नुभयो ।