मधेस मुद्दामा साझा धारणा खोजिँदै, सर्वदलीय बैठक आजै
काठमाडौं- आन्दोलन सुरु भएको दस महिना बितिसक्दा पनि प्रमुख तीन राजनीतिक दल मधेसकेन्द्रित दलले उठाउँदै आएका मागमा एक मत देखिएका छैनन्। लामो समय तराई मधेसमा आन्दोलन गरेका मधेसकेन्द्रित राजनीतिक दलले आदिवासी/जनजातिसहित अन्य दलको सहयोगमा राजधानीमा घेराउसहितका कार्यक्रम जारी राखेका छन्।