१७ श्रावण २०८३, आइतबार
राजनीति

प्रधानन्यायाधीशमा मिश्र सर्वसम्मत अनुमोदित

२५ भदौ, काठमाडौँ । संसदीय सुनवाइ विशेष समितिले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम अनुमोदन गरेको छ । उक्त समितिको आज बसेको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित मिश्रका अभिव्यक्ति र उहाँविरुद्ध परेका उजुरीको सुनवाइपछि सर्वसम्मतिले नाम अनुमोदन गरेको समितिका संयोजक लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।