२३ कार्तिक २०८३, सोमबार
राजनीति

हलेसीमा नेकपाका प्रशिक्षण कार्यक्रम सुरु, विशाल भट्टराईले प्रशिक्षण दिँदै

खोटाङ् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हलेसी तुवाचुङ नगर कमिटीको आयोजनामा नगरभित्रका अगुवा नेता कार्यकर्ताहरुका लागि दुइदिने आवासीय प्रशिक्षण कार्यक्रम सुरु भएको छ् । प्रतिनिधिसभा सदस्य तथा नेकपाका केन्द्रीय सदस्य विशाल भट्टराईको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सुरु भएको छ ।