२१ जेष्ठ २०८१, सोमबार
राजनीति

सरकारद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले मूल्य वृद्धि फिर्ता लिन नेपाल आयल निगमलाई निर्देशन दिएको हो । नेपाल आयल निगमले हिजो शनिबार रातिदेखि लागू हुने ग्याँससहित पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो ।