काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समूहका नेता देव गुरुङले नेपाललाई विदेशी सेनाको क्रिडास्थल बनाउन संसद विघटन गराइएको आरोप लगाएका छन् । पोखरामा सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा नेता गुरुङले संसद विघटनको कदम राष्ट्रघाती भएको बताएका हुन् ।