२२ बैशाख २०८३, मंगलबार
राजनीति

अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता, के-के कुरा भयो त ?

काठमाडौँ । लामो समयपछि नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उहाँहरूबीच आज साँझ राजधानीको नागपोखरीस्थित होटल मेरियटमा भेटवार्ता भएको हो । उहाँहरूबीच पार्टीभित्र देखिएका अन्तरसङ्घर्ष व्यवस्थापन गर्ने सम्बन्धमा गम्भीर विचार