२७ फागुन, भैरहवा । रूपन्देहीमा जारी २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगितामा आज दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीकोको एपिएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल बुटवलको देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा दिउँसो ३ बजेपछि सुरू हुनेछ ।