२२ भदौ २०८३, सोमबार
समाचार

तेह्रथुममा विद्युतीय मोटर प्रयोग गरी खानेपानी वितरण गर्दै

१८ वैशाख, तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका–३ जलजलेका बासिन्दाको खानेपानी समस्यालाई समाधानका लागि डबल लिफ्ट प्रविधिको सफल परीक्षण गरिएको छ । जलजलेको चापाबोटे पँधेरे मुहानवाट दुईवटा विद्युतीय मोटरको प्रयोग गरी तलको पानी माथिल्लो भूभागमा तानेर वितरण गर्न थालिएको हो ।