११ भदौ, विराटनगर । श्रीकृष्ण जन्माअष्टमीको भोलिपल्ट विराटनगरमा निकालिँदै आएको ऐतिहासिक राधाकृष्ण रथयात्राको सम्पूर्ण तयारी पूरा भएको छ । विगत वर्ष झैँ यस वर्ष पनि भव्य र धुमधामका साथ निकालिने रथयात्रा व्यवस्थापन समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ