३ मंसिर २०८३, बिहिबार

मकवानपुरमा सुमो दुर्घटना : तीनजनाको मृत्यु, सात घाइते


सुमो दुर्घटना

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसे बजार नजिक आज बिहान भएको जिप दुर्घटनामा परी घाइते भएका सात जनामध्ये ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्याइएकोमा दुई महिला र एक पुरुषसहित तीन जनाको मृत्यु भएको हो ।

आज बिहीबार बिहान करिब ८ः३० बजे रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौंतर्फ आउँदै गरेको ना१ज २१४३ नम्बरको यात्रुवाहक सुमो अनियन्त्रित भएर सडकबाट झन्डै १० मिटर तल भैँसे खोलामा खसेको प्रहरीले जनाएको छ ।

उक्त सुमोमा चालकसहित १० जना सवार थिए । उनीहरूलाई तत्काल उद्धार गरी उपचारका निम्ति हेटौँडा अस्पताल पुर्याइएको थियो । दुर्घटनामा घाइते भएका अरू सातजनाको उपचार सोही अस्पतालमा उपचार छ ।

उद्धार कार्यमा नेपाल प्रहरीसँगै नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली समेत खटिएको थियो । दुर्घटना परेकाहरूको पहिचान खुल्न बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !