१४ भदौ २०८३, आइतबार
समाचार

अजङ्गको हात्तीलाई साक्षरको शिक्षा

२८ कात्तिक, चितवन । सबैभन्दा ठूलो जनावरलाई साक्षर मान्छेले शिक्षा दिएर आफ्नो अनुकूलमा प्रयोग गर्नु आफैँमा अनौठो विषय हो । आफ्नो नाम मात्रै लेख्न सक्ने धेरै माउते छन्, जसले अजङ्गको हात्तीलाई शिक्षा दिएर तालीमप्राप्त बनाई मान्छेको अधिनमा काम लगाउँछन् ।