४ बैशाख २०८३, शुक्रबार
समाचार

स्वच्छ वातावरण छैन पशुपति वृद्धाश्रममा

२६ असोज, काठमाडौँ । सहज जीवनयापनको आशामा पशुपतिस्थित वृद्धाश्रमको आश्रयमा पुगेका वृद्धवृद्धाले दुई छाक खान त पाएका छन् तर स्वच्छ वातावरण पाएका छैनन् । स्वच्छ वातावरण र खानेपानी मानिसको नैसर्गिक अधिकार हो तर, वृद्धाश्रमको वातावरण र खानेपानी स्वस्थकर छैन ।