३० कात्तिक, पोखरा । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले ठूला व्यवसायी तथा लगानीकर्तालाई कफीखेतीतर्फ आकर्षित गर्ने योजना अघि सारेको छ । नेपालमा कफी उत्पादनको प्रचुर सम्भावना रहेको वास्तविकतालाई दृष्टिगत गर्दै बोर्डले आगामी पुस÷माघ महीनामा ‘कफी इन्भेष्टमेण्ट फोरम’ आयोजना गर्ने