२० माघ, काठमाडौँ । संवैधानिक परिषद्को सिफारिस गैरकानूनी भएको ठहर गर्दै संसदीय सुनुवाइ समिति (संयुक्त) का सभापतिलाई असहमतिपत्र हस्तान्तरण गरिएको छ । आज सिँहदरबारमा बसेको समितिको बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णलाई प्रतिपक्ष दलका सांसदले उक्त असहमतिपत्र हस्तान्तरण गरेका हुन् ।