९ भदौ २०८३, मंगलबार
समाचार

‘रुपाली’ होलीको महत्व बढ्दै

५ चैत, भीमदत्तनगर । बयासी वर्षीय पूर्वसांसद गङ्गादत्त जोशी कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ मा होली पर्वको खेलमा पाइला मिलाइरहेको अवस्था भेटिनुभयो । जोशी मात्रै नभई उहाँसित डडेल्धुराको रुपालबाट भीमदत्तनगरमा बसाई सरेका धेरै वृद्ध फागू पूर्णिमाका अवसरमा आयोजित परम्परागत रुपाली होलीमा रमाइरहेका थिए